नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षमा १३ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आव २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले गत वर्ष १ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ ।

कोषले अघिल्लो वर्ष १ अर्ब १० कारोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आवको तुलनामा १३.६३ प्रतिशतले बढी हो । कम्पनीले सेवा शुल्क तथा कमिशनबाट अघिल्लो वर्ष १ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेकोमा गत वर्ष १ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी, अघिल्लो वर्ष १ अर्ब ९१ करोड रुपैयाँ कुल आम्दानी रहेकोमा गत वर्ष २ अर्ब ९ करोड पुगेको छ भने अघिल्लो वर्ष ४५ करोड रुपैयाँ रहेको कुल खर्च गत वर्ष ४२ करोड रुपैयाँमा झरेको छ । कम्पनीको प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थ भने घटेको छ । अघिल्लो वर्ष १७१.४५ रुपैयाँ प्रति शेयर नेटवर्थ रहेकोमा गत वर्ष १६४.२३ रुपैयाँ रहेको छ ।

यसैगरी, अघिल्लो वर्ष २०.७५ रुपैयाँ प्रति शेयर आम्दानी रहेकोमा गत वर्ष १९.३४ रुपैयाँमा झरेको छ । कम्पनीको अवकाश कोषमा २ खर्ब ६६ अर्ब ६४ करोड मौजाद रहेको छ भने उचित मूल्य कोषमा ३३ करोड रहेको छ । बीमा वापत कम्पनीको दायीत्वमा ५ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.