नेपाली बजारमा उच्च स्थान बनाउँदै हुन्डाई नेपाल

काठमाडौं । हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा आफूलाई उच्च स्थानमा पुर्याउन सफल भएको छ ।

सुरुवातमा एक विश्वसनीय आयातकको रूपमा यात्रा आरम्भ गरेको हुन्डाई नेपाल अहिले घर–घरमा चिनिने नाम बनिसकेको छ । Santro, Grand i10 NIOS, i20, Aura, Venue, Verna, Creta, Tucson, Santa Fe र Palisade जस्ता लोकप्रिय मोडेलहरू बजारमा ल्याएको छ । यसका साथै IONIQ 5 Electric, Kona Electric र Creta Electric जस्ता आधुनिक विद्युतीय सवारी साधनहरू पनि उपलब्ध छन् ।

भरपर्दो, इन्धन बचत र स्थायित्वका लागि परिचित छन् । ग्राहकलाई प्राथमिकता दिँदै कम्पनीले आधुनिक र पूर्ण सुविधा सम्पन्न शोरूम, अत्याधुनिक सर्भिस सुविधा र ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमा तालिमप्राप्त प्रमाणित प्राविधिकको बलियो संयन्त्र सञ्चालनमा ल्याएको छ ।

बिक्री पश्चात् सेवालाई अझ सहज, भरपर्दो र दीर्घकालसम्म सन्तोषजनक बनाएको छ । २०८१ बैशाख २८ मा लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको सहायक कम्पनीले रामग्राम, परासीमा नेपालको पहिलो कार असेंबली प्लान्टको उद्घाटन गरी नेपालमा उत्पादन गरिएका हुन्डाई सवारीसाधनको युगको सुरुवात गरेको हो ।

भेन्यु मोडेलसँग उत्पादन शुरू भएको थियो । पछि क्रेटा मोडेलको उत्पादन पनि सुरू गरिएको छ । भविष्यमा थप मोडेलहरूको उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यस सफलताले हुन्डाईले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ग्राहकको राम्रो प्रतिक्रिया पाएको छ ।

 

You might also like

Comments are closed.