एभरेष्ट बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडौं । एभरेष्ट बैंकको नाफामा सुधार भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा ३२ प्रतिशतले बढेको हो ।

बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भने बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । जसको आधारमा बैंकले ३८.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता राखेको छ । गत वर्षमा बैंकको खराब कर्जा अनुपात घटेर ०.३८ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी बढेर ३७.९९ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ३१.४७ रुपैयाँ मात्रै थियो । गत वर्षसम्म बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ कायम भएको छ भने जगेडामा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप सङ्कलन ३८.६२ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.