फेसियल हाउसकी सुस्मा महराको ‘आयो तीज’ गीत सार्वजनिक, नेपाली मौलिक संस्कृतिलाई उजागर

काठमाडौैं । फेसियल हाउसकी सञ्चालक सुस्मा महराले नयाँ तीज गीत बजारमा ल्याएकीछिन् । महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर महराले ‘आयो तीज’ नामक गीत बजारमा ल्याएकी हुन् ।

समिक्षा अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘आयो तीज’ गीतको शब्द र अभिनय महराकै रहेको छ । महरासँगै गीतमा कलाकार प्यारी लगायतका अन्य कलाकार अभिनय देख्न सकिन्छ । पुरुषोतम न्यौपानेको संगीत रहेको गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।
छमछम नचाउने खालको गीत रहेको छ ।

लामो समयदेखि सौन्दर्य व्यावसायमा आबद्ध महराले तीजको उमंगसँगै ‘आयो तीज’ कोशेली बजारमा ल्याएको जनाइन् । नेपाली मौलिक शब्द समेटिएको यस गीतले राम्रो चर्चा पाएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको छ ।

“मौलिक शब्दहरु समेटिएको यस गीत लोकले नेपालीको कला संस्कृतिलाई उजागर गर्दै तीजको बेला दिदिबहिनीलाई छमछमी नचाउने गीत बजारमा ल्याएको छु” महराले भनिन्,–“तीजका गीत तीजकै लय र मौलिकतामा हुनुपर्छ, तीजका नाममा छाडापन र विकृती ल्याउने खालका केही गीतले तीजको मौलिकतामा असर पारेको छ, मौलिकतामा जोड दिइयो भने नेपाली कला संस्कृतिको संरक्षण हुनेछ ।”

गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडियाको निर्देशन शक्ति प्रज्वोेल घिमिरेले गरेका हुन् । भिडियोमा चक्र बहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको भिडियो म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गीतकार महराले गीतका शब्द केबल शब्द मात्र नभएर आफ्नो जीवन भएको बताइन् । उनले आफ्नो जीवनका बिगतका क्षण गीतको शब्दमार्फत उतारिएको हुदा गीत तथा भिडियो हेर्नेले आफ्नो जीवन छर्लङ बुझ्ने बताइन् । महराको यो दोस्रो तीज गीत हो । महराले पहिलो गीत झै यो गीतमा पनि दर्शकले धेरै माया दिने बताउँछिन् ।

संगीतकार न्यौपानले गीतका शब्द मौलिक र मार्मिक भएकाले रोमान्टिक शैलीका गीतमा संगीत तयार पारेको जनाए । भिडियो निर्देशक घिमिरेले गीत मौलिक भएकाले आफुले नेपाली कला संस्कृति झल्कने गरेर भिडियो निर्माण गरेको बताएका छन् ।

You might also like

Comments are closed.