काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्लुएम) नेपालले पहिलो पटक आफ्नो विश्वप्रसिद्ध ट्यांक ब्राण्डका दुई नयाँ हाईब्रिड कार सार्वजनिक गरेको छ । हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा लञ्च गरिएका यी एसयुभीको आगमानसंगै नेपाली बजारमा लक्जरी अफ–रोड अनुभवको नयाँ युग सुरुवात भएको कम्पनीको भनाइ छ ।
कम्पनीले ७ सिटको लक्जरी एसयूभी ट्यांक ५००(पीएइभी) र ५ सिटको दमदार ट्यांक ३००(एचइभी) सार्वजनिक गरेको हो । यी दुबै मोडल अत्याधुनिक प्लग–इन हाइब्रिड र हाइब्रिड प्रविधिका हुन् । यी एसयूभीको मूल्य क्रमशः १ करोड ६० लाख र २ करोड १६ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
ट्यांक ब्राण्ड पहिलो पटक २०२१ मा चेङदु अटो शोमा सार्वजनिक भएको र २०२२ मा चीनमा लञ्च भएदेखि नै विश्वभर चर्चामा रहँदै आएको छ । अहिले यो इन्डोनेशिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्यान्डजस्ता बजारमा सफलतापूर्वक स्थापित भइसकेको छ ।
हालसम्म यसको विश्वव्यापी बिक्री करिब ४ लाख युनिट पुगेको छ । नेपालमा यसको आगमनलाई जीडब्लुएमको अफ–रोड संस्कृति विस्तार गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ । ट्यांकको नाममा रहेको टी ले ट्यांक, टेक्नोलोजी र ट्रेन्ड जनाउँछ भने युले युजर र युनाइटेडलाई दर्शाउँछ । यसले अत्याधुनिक इन्जिनियरिङ र मानवीय सम्बन्धको सम्मिश्रण गर्ने ब्राण्डको दृष्टिकोणलाई उजागर गर्छ ।
नेपालमा उपलब्ध ट्यांक ३०० र ट्यांक ५०० मा २.० लिटर टर्बो पेट्रोल एचइभीर पीएचइभी पावरटे«ेन जडान गरिएको छ । जसलाई ९–स्पीड अटोमेटिक ट्रान्समिसन (एचआई ४ टी) संग जोडिएको छ । ट्यांक ३००, एचइभीको पिक पावर ३५१ पीएस छ भने टर्क ६४८ एनएम छ । त्यसैगरी, ट्यांक ५०० पीएचइभीको पावर ४०८ र टर्क ७५० एनएम छ ।
Comments are closed.