काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीका लागि छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।
सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन र ग्राहकले अन्नपूर्ण न्यूरो हस्पीटलमा १०–१५ प्रतिशत छुट पाउने भएका छन् । यो छुट हस्पिटलमा उपलब्ध सबै सेवा सुविधामा लागू हुनेछ ।
सो सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पिटलको तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दीन चित्कारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
Comments are closed.