काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले बुटवल मिलनचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सेवा विस्तारको क्रममा पहिलो शाखा साउन अन्तिमबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएको हो ।
शाखामार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची लगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधिसहित शेयर कारोवार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल ‘कमल’ ले बताए ।
यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आमसर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारी बताउँछन् ।
नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले २०८० भदौ १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो ।
कम्पनीले आफ्ना ग्राहकलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप केसीले बताएका छन् ।
Comments are closed.