पोखरा । पर्यटकीय राजधानी पोखरामा बीवाईडीको नयाँ शोरुम सञ्चालनमा आएको छ । पोखरास्थित बुद्धचोकमा बीवाईडी अटो इन्डष्ट्रिजको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शोरुमको उद्घाटन गर्दै व्यवसायिक सफलताको कामना गरेका छन् । सो अवसरमा बीवाइडीले पोखरामा बीवाईडीको नयाँ उत्पादन ‘सिलायन सेभेन’ पनि सार्वजनिक गरेको छ ।
कुल १२ हजार ८४५ वर्ग फिट क्षेत्रमा फैलिएको नयाँ शोरूम बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी÷भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार निर्माण गरिएको छ । यस शोरुमबाट एकैसाथ थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
शोरुममा रहेका सबै कर्मचारी तालिम प्राप्त रहेकाले ग्राहकलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीको विश्वास छ । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले नयाँ शोरुमबाट ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाएका छन् ।
Comments are closed.