एन आई सी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

काठमाडौं । स्काइ ब्रोडब्याण्ड प्रा.लि. र एन आई सी एशिया बैंकबीच सम्झौता भएको छ । स्काइ ब्रोडब्याण्ड बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी गरिएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु.१५ सय छुट प्राप्त गर्न सकिनेछ । यस बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५ सय छुट पाउनेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

 

You might also like

Comments are closed.