काठमाडौं । नेपालमा तीव्र गतिमा लोकप्रिय भइरहेको स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालकै चर्चित ईस्पोट्र्स टोली होरा ईस्पोटर्ससँग ऐतिहासिक साझेदारी गरेको छ । यस सम्झौतापछि, इन्फिनिक्स आधिकारिक रूपमा होरा ईस्पोटर्सको अफिसियल ईस्पोटर्स स्मार्टफोन पार्टनर बनेको छ ।
सञ्जन गौतम ‘सिआर सेभेन होरा’ को नेतृत्वमा रहेको टोली अबदेखि इन्फिनिक्स होरा ईस्पोट्र्सका नाममा परिचित हुनेछ । टोलीको जर्सी, कन्टेन्ट र लाइभ टुर्नामेन्टमा इन्फिनिक्सको लोगो हुनेछ भने सिआर सेभेन होरा स्वयं नेपालमा इन्फिनिक्सको गेमिङ फेसका रूपमा रहनेछन् । जसले युट्युब, टिकटक र ईन्टाग्राम र फेसबुकमार्फत ब्राण्डको उपस्थिति थप मजबुत बनाउनेछन् ।
साझेदारीपछि फ्यानले पाउने अवसरहरूः
ईस्पोट्र्स क्याम्पेन – इन्फिनिक्स र सिआर सेभेन होरा मिलेर नेपालकै पहिलो ईस्पोट्र्स–फोकस विज्ञापन फिल्म,
विशेष कन्टेन्ट – हरेक महिना ब्रान्डेड भिडियो, रिल्स र गेमिङ हाइलाइटहरू,
फ्यान इन्गेजमेन्ट – कलेज स्तरका ईस्पोट्र्स प्रतियोगिता, होरा क्याफे (नयाँ नाम “इन्फिनिक्स ईस्पोट्र्स जोन”) मा फ्यान मिटअप, र इन्टरएक्टिभ कार्यक्रम उपहारसहित,
समर्थन – खेलाडीलाई इन्फिनिक्स जिटी ३० प्रो स्मार्टफोन, जर्सी र फ्यान इभेन्टमा आवश्यक सहयोग ।
सिआर सेभेन होराका सञ्जन गौतमले जर्सीमा लोगो राख्ने कुरा होइन, यो नेपालमा ईस्पोट्र्स संस्कृति बनाउन र खेलाडीलाई विश्वस्तरमा प्रतिष्पर्धा गर्ने बाटो देखाउने प्रयास रहेको बताए । पियुष गिरीले होरा ईस्पोट्र्ससँगको यो साझेदारीमार्फत हामी नेपालकै ईस्पोट्र्स भविष्यमा लगानी गरिरहेको जनाए ।
यो सहकार्यले इन्फिनिक्सलाई गेमरहरूबीच अझै भरपर्दो ब्राण्ड बनाउनेछ भने होरा ईस्पोटर्सलाई नेपालको ईस्पोट्र्स क्षेत्रमा नयाँ उचाईमा पुर्याउनेछ ।
Comments are closed.