बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा पौने ३ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।

यसका लागि बैंकहरुले भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । यो लगानी सन् २०२५ सेप्टेम्बर ११ देखि २०२६ सेप्टेम्बर ११ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

You might also like

Comments are closed.