अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेका छौँ : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटन प्रवद्र्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटन प्रबद्र्धनका कार्यक्रमहरु गरिरहेको बताएका छन् ।

त्रिभूवन विश्‍वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा. सुशिल अवालेले ‘नेपालमा पर्यटन प्रबद्र्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधी (पीएचडी)को अनुसन्धानबारेको छलफल कार्यक्रममा बोल्दै सीईओ जोशीले यस्तो बताएका हुन् ।

उनी भन्छन्, “बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने कुरामा ध्यान केन्द्रित गरेको छ ।” नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा आधारित संस्था भएको उल्लेख गर्दै सीईओ जोशीले विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम
गर्दै आएको बताए ।

बोर्डले नेपाललाई ‘प्रिमियर भिजिटिङ डेस्टिनेसन’ बनाउन अनुसन्धानलाई केन्द्रीय आधार बनाएर आगामी योजनाहरू अघि सार्ने सीईओ जोशीले बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि नेपालको पर्यटनलाई दिगो विकासको दिशामा अघि बढाउन अनुसन्धान अत्यावश्यक भएकोमा जोड दिएका छन् ।

You might also like

Comments are closed.