काठमाडौं । सामसङ इनोभेसनले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुर्विय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।
अब नयाँ ब्याचको एआई र बिग डाटाको तालिम सुरु हुनेछ । त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो. डा. दीपक आर्यल, पुर्विय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक्रमकाबीच विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक, जयन्त मणि कायस्थले सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको बताए । एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थी छनौट गरिएको जनाइएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थाका डीन, प्रो. डा. सुशील बी. बज्राचार्यले कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको बताए ।
Comments are closed.