काठमाडौं । नेपाल बैंक लिमिटेड र बिराटनगर–१० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।
अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सो सम्झौता बमोजिम बैंक कर्मचारी र ग्राहकलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।
Comments are closed.