राष्ट्रिय सहकारी बैंकका लागी एकीकृत निर्देशन तयार

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका लागी एकीकृत निर्देशन तयार पारेको छ । केन्द्रीय बैंकले लामो बहसपछि राष्ट्रिय सहकारी बैंकका लागी एकीकृत निर्देशन तयार पारेको हो ।

राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकको प्रभावकारी नियमनका लागी एकीकृत निर्देशिका नै तयार पारेको बताएको छ । सहकारी ऐनअनुसार राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । जसका कारण बैंकको नियमन गर्ने जिम्मेवारीमा पनि केन्द्रीय बैंक नै छ ।

राष्ट्र बैंकले सरकारी बैंकका लागी एकीकृत निर्देशिकाको तयारी गरेको हो । राष्ट्र बैंकले नयाँ निर्देशिकामार्फत राष्ट्रिय सहकारी बैंकको प्राथमिक पूँजी ४ प्रतिशत र कुल पूँजी कोष अनुपात ८ प्रतिशत हुनुपर्ने व्यवस्था गर्ने भएको छ ।

You might also like

Comments are closed.