काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ ।
कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूका लागि सात वर्ष अवधिको ६ दशमलव १० प्रतिशत ब्याजदरमा एक करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ ।
बैंकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि एक करोडसम्म कर्जा प्रवाह गर्न सकिने बैँकले जनाएको छ ।
चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरूको सङ्ख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको रेग्मीले जानकारी दिए ।
Comments are closed.