काठमाडौं । इसेवा लिमिटेडले व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिको वित्तीय कारोबारलाई अझ सरल बनाउने उद्देश्यले इसेवा बिजनेस लिंक सुविधा सार्वजनिक गरेको छ ।
यस स्वीफ्ट एकाउन्ट स्वीफ्ट फिचरसहितको सुविधामार्फत अब प्रयोगकर्ताले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत दुवै खाताहरु एउटै इसेवा एपबाट व्यवस्थापन गर्न सक्नेछन् ।
सबै व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको आर्थिक कारोबारलाई अझ सरल बनाउने उद्देश्यले ल्याइएको यो नयाँ सुविधा डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्त्वपूर्ण कदम मानिएको छ ।
आधुनिक समयमा धेरै वित्तीय खाताहरू व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै इसेवा बिजनेस लिंकले एउटै एपबाट सबै वित्तीय कारोबारको सहज व्यवस्थापन सुनिश्चित गरेको छ । यसले विभिन्न खाताहरूमा बारम्बार लगइन गर्ने वा एपहरू परिवर्तन गरिरहने झन्झटबाट मुक्ति दिनेछ ।
इसेवा बिजनेस लिंकले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरूलाई एउटै एपबाट व्यवस्थापन गर्न सहज बनाउँछ । यसले तत्काल खाता स्विच, सहज नगद व्यवस्थापन र तत्काल बिना कुनै शुल्क withdrawal को सुविधा दिँदै दैनिक कारोबारको हिसाबकिताब राख्न मद्दत गर्छ ।
साथै, यसले उत्कृष्ट डिजिटल भुक्तानी अनुभव प्रदान गर्छ र बिजनेश क्युआर भुक्तानीलाई सरल बनाउँछ ।
Comments are closed.