ओप्पो नेपालले सार्वजनिक गर्यो ‘फाइन्ड एन५’

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ । ८.९३ मि.मि. पातलो र २२९ ग्राम तौल भएको ‘ओप्पो फाइन्ड एन५’ विश्वकै सबैभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल हो ।

यसमा ८.१२ इन्चको इनर डिस्प्ले छ । जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो । ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिन्छ । यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ । स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म मा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट परफर्मेन्स अनुभव दिन्छ ।

‘ओप्पो फाइन्ड एन५’ पहिलो फोल्डेबल हो जसले आईपीएक्स९ वाटर रेजिस्टेन्स प्राप्त गरेको छ । यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सन हिंज प्रयोग गरिएको छ । जसले उच्च स्तरको मजबुती सुनिश्चित गर्छ । यसमा पहिलो पटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएको छ ।

प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउँछ । कलरओएस १५ मा आधारित यसमा कॉल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आइओएस डिभाइसहरूसँग सिमलेस कनक्टिभिटी जस्ता फिचरहरू छन् । यो १६ जीबी राम + ५१२ जीबी स्टोरेज भर्सनमा रु. २,४९,९९९ मा उपलब्ध छ । शून्य प्रतिशत ईएमआई योजनासहित बिक्री सुरु भएको छ ।

८.९३ मि.मि. पातलो, २२९ ग्राम तौल, विश्वकै सबभन्दा हल्का फोल्डेबल, आईपीएक्स९ वाटर रेजिस्टेन्स सहित पहिलो फोल्डेबल, आर्मर सिल्ड आर्किटेक्चर मार्फत ३० प्रतिशत बढी मजबुती र २० प्रतिशत बढी ड्रप प्रोटेक्शन र टाइटेनियम फ्लेक्सन हिंज – २६ प्रतिशत सानो तर ३६ प्रतिशत बढी मजबुत, टीयूभी राईनल्याण्ड प्रमाणित रहेको छ ।

८.१२ इन्च इनर डिस्प्ले, फोल्डेबल श्रेणीमै ठूलो, ६.६२ इन्च कभर डिस्प्ले, १२० हट्र्ज एडेप्टिभ रिफ्रेस रेट र अधिकतम २००० निट्स एचडीआर ब्राइटनेस, टीयूभी राईनल्याण्ड मिनिमाइज्ड क्रीज प्रमाणित, ओप्पो पेन् सपोर्टसहितको डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री, फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ, ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ, स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म आधारित उच्च कार्यक्षमता, हार्डवेयर–लेभल सेक्युरिटी चिप मार्फत डेटा प्रोटेक्शन छ ।

वाइड, अल्ट्रा–वाइड, जुम र पेरिस्कोप लेन्ससहित, टेलिफोटो म्याक्रो क्याप्चर, नजिकै १० से.मी. सम्मको सब्जेक्ट फोकस गर्ने क्षमता, ह्यासलब्लाड पोट्र्रेट मोड र रअ क्याप्चर, ह्यासलब्लाड मास्टर मोड मार्फत प्रो–लेभल कन्ट्रोल, डोल्बी भिजन एचडीआर भिडियो रेकर्डिङ फोर के÷६० एफपीएस जस्ता ह्यासलब्लाड क्यामेरा सिस्टम रहेको छ ।

ट्रान्स्क्रिप्ट र एक्शन पोइन्ट तयार गर्ने सुविधा, रियल–टाइम ट्रान्सलेसन, अब्जेक्ट हटाउने, धमिलो फोटो फिक्स गर्ने, स्पष्टता बढाउने, बाउन्डलेस भ्यु र स्प्लिट–स्क्रिन मल्टिटास्किङ, ओ+ कनेक्ट र टच टु सेयर मार्फत म्याक र आइओएसमा क्रस–डिभाइस कनक्टिभिटी जस्ता फिचरहरु छन् ।

‘ओप्पो फाइन्ड एन५’ हालै नेपालमा उपलब्ध छ । १६ जीबी र्याम + ५१२ जीबी स्टोरेज भर्सनको मूल्य रु. २,४९,९९९ निर्धारण गरिएको छ। ग्राहकहरूले शून्य प्रतिशत ईएमआई योजना अन्तर्गत ४० प्रतिशत डाउन पेमेंट र १२ महिना किस्ता सुविधा प्रयोग गर्न सक्नेछन् ।

You might also like

Comments are closed.