काठमाडौं । पाल्पाको रामपुरमा प्रधान कार्यालय रहेको रामसीता रामपुर यातायात प्रालीले काठमाडौंको नयाँ बसपार्कमा टिकट काउन्टर खोलेको छ ।
गंगबुस्थित नयाँ बसपार्क परिसरमा आजदेखि आफ्नै पहिचानसहितको छुट्टै टिकट काउन्टर खोलेको यातायात प्रणालीका अध्यक्ष विष्णुबहादुर विकले जानकारी दिए ।
काउन्टरबाट हरेक दिन बिहान ५ः३० बजे र ७ बजे छुट्ने हाइस र हरेक दिन बेलुका ६ बजे छुट्ने एसी सोफा सिटसहितको रात्रि बसका लागि टिकट काट्न थालिएको अध्यक्ष विक बताउँछन् । रामसीता रामपुर यातायात प्रालीले हरेक दिन बिहान रामपुरदेखि काठमाडौंसम्म र आर्यभन्ज्याङ – हुँगी– रामटार–रामपुर हँुदै काठमाडौंसम्म गरी दुईवटा एसी हाइस दिवा सेवामा सञ्चालन गर्दै आइरहेको छ ।
बिगत १ बर्षदेखि पूर्वी पाल्पाको कालीगण्डकी बेसीका यात्रुहरुका लागि प्रालीले थप सेवाको रूपमा गत भदौ ६ गते देखि रात्रीकालिन एसी सोफा सिट सहितको बस सञ्चालन गर्न थालेको छ । रामपुरदेखि बुटवल तथा सुनौली, पोखरा, नारायणगढ, कावासोतीसम्मका लागि हाइस र नगरमा अटो चलाउँदै आएको प्रालीका सचिव तथा क्यु संयोजक प्रकाश ज्ञवालीले जानकारी दिए ।
राम सीता रामपुर यातायात प्रणालीले सेवा सुरु गरेपछि कालीगण्डकी बेसी क्षेत्रमा गुणस्तरीय यातायात सेवाको विस्तार भएको प्रालीका वरिष्ठ उपाध्यक्ष शंकर खाँण बताउँछन् ।
Comments are closed.