पोखरा रोयल बचत तथा ऋण सहकारी र दृष्टि आँखा अस्पतालबीच सम्झौता

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुुलियत प्रदान गर्ने उद्धेश्यका साथ दृष्टि आँखा अस्पताल प्रा.लि. पोखरासँग पक्षीय सम्झौता गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुुरुङ र दृष्टि आँखा अस्पताल प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेको सहकारी संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

पोखरा रोयल सहकारी विगत दुई दशक भन्दा बढि देखि र दृष्टि आँखा अस्पताल प्रा.लि. विगत ३ वर्षदेखि सेवारत रहेका संस्थाहरु हुन् । सम्झौता बमोजिम अस्पतालको सेवा लिए वापत ओ.पि.डि. मा १० प्रतिशत, चेकजाँच र प्रयोगशाला सेवामा २५ प्रतिशत, चश्मा र चश्माजन्य सामग्रीमा ३० प्रतिशत तथा फार्मेशी सेवामा १० प्रतिशतसम्म पोखरा रोयल सहकारीका सदस्यहरुले छुट पाउनेछन् ।

कार्यक्रममा संस्थाका सदस्य सेवा विभागका अभिषेक गुरुङले आफ्ना सदस्यहरुको स्वास्थ्य, सुरक्षा, सहजता र सुविधालाई सधैँ पहिलो प्राथमिकतामा राखी सोही अनुसारका संस्थाहरुसँग सम्झौता गर्दै सदस्यलाई सहुलियत दिने कार्यलाई निरन्तरता दिने बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले पोखरा रोयल सहकारी संस्थासँगको सहकार्य फलदायी र दिगो हुने विश्वास लिदै सहकारी संस्थाको परिचय खुल्ने कुनै एक आधार लिएर आउने हरेक सदस्यलाई सम्झौतामा उल्लेख भएबमोजिम छुट दिने जानकारी दिए ।

You might also like

Comments are closed.