काठमाडौं । एन आई सी एशिया बैंक र स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई स्वास्थ्य उपचार गर्दा हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको हो ।
यस समझदारीसँगै यस बैंकका ग्राहकले हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले सो हस्पिटलमा सामान्य शय्या–अस्पताल भर्ना, केबिन–अस्पताल भर्ना, आईसीयू बेड, भेन्टिलेटर, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक अपरेशन, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टी.एम.टी., एन्डोस्कोपी र औषधी जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ । हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
Comments are closed.