हिरो मोटोकर्पले ल्यायो ‘हाम्रो परम्परा २०८२’ स्किम, ग्राहकलाई ५ लाखसम्म छुट

काठमाडौं । हिरोका मोटरसाइकल खरिदमा छुट पाइने भएको छ । हिरो मोटोकर्पले ‘हाम्रो परम्परा २०८२’ स्किम योजना सार्वजनिक गर्दै ग्राहकलाई छुट दिइनेछ ।

दशैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै हिरोका मोटरसाइकल खरिदमा छुट दिने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत ग्राहकले हिरोको मोटरसाइकल तथा स्कुटर गरी गर्दा स्योरसट डिजिटल स्क्रास्च मार्फत न्यूनतम ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद छुट पाउने भएका हुन् ।

साथै, आफूसँग भएको पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा स्योरसट डिजिटल स्क्रास्चमा ८ हजार रुपैयाँ र थप रकम २०८२ रुपैयाँ गरी न्यूनतम १० हजार ८२ रुपैयाँदेखि १ लाखसम्म क्यास डिस्काउन्ट पाउनेछन् ।

यस स्कीम मार्फत फाइन्नान्स सुविधमा स्कुटर तथा मोटरसाइकल खरिद गर्दा कुनै पनि सभिर्स चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.