समृद्धि फाइनान्सको ईटहरी शाखाले मनायो तेश्रो वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ईटहरी शाखाले आफ्नो तेश्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । ईटहरी शाखाका ग्राहक र स्थानीय व्यक्तिको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो ।

सो अवसरमा शाखाले आफ्नो ३ वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गरेको छ । शाखा प्रमुखले ग्राहकको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी ग्राहक र स्थानीय व्यक्तिलाई आभार व्यक्त गर्दै समृद्धि फाइनान्सले आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ । समृद्धि फाइनान्सको यो सफल यात्रा र आगामी योजनाले वित्तीय सेवाको क्षेत्रमा अझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू .आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.