सीएफमोटोको फेस्टिभ अफर, मोटरसाइकल खरिदमा ३५ हजार छुट र एक्स्चेन्जमा ४५ हजारसम्म बोनस

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक बितरक ऋषि ट्रेड सेन्टरले फेस्टिभ अफर सार्वजनिक गरेको छ । कम्पनीले बिक्री गर्दै आइरहेको सीएफमोटोको प्रिमियम मोटरसाइकल एनके २५०, एनके ३०० र एमटी ४५० मोडलमा छुट्टा छुट्टै फेस्टिभ अफर दिइएको छ ।

यस अफरअन्तर्गत सीएफमोटोको एनके २५० मोटरसाइकल खरिद गर्दा ३५ हजार नगद छुट र एक्स्चेन्जमा ४५ हजारसम्मको एक्स्चेन्ज बोनस पाइने जनाएको छ । त्यसैगरी, ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरको सुुबिधा पाइने छ भने ४० प्रतिशत डाउनपेमेन्टमा १५ हजार नगद छुट पाइने बताइएको छ ।

कम्पनीले एनके ३०० मोडलको खरिदमा एमटी कम्पनीको प्रिमियम हेल्मेट र सीएफमोटोको लोगो भएको एउटा हुडी प्रदान गर्ने जनाएको छ । साथै, एमटी ४५० को खरिदमा कम्पनीले १ वर्षमा ५ वटा फ्री राइड प्लान गराउने र एउटा एमटी हेल्मेट दिने छ । यसका अलावा बम्पर लक्की ड्र उपहारका रूपमा कम्पनीले भाग्यशाली ग्राहकलाई ४ रात ५ दिनका लागि बाली ट्रिप लाने बताएको छ ।

यो बम्पर अफर भने तीनवटै मोडलमा लागू हुने छ । मोटरसाइकल उत्पादनमा ३५ वर्ष अनुवभ बटुलेको सीएफमोटोका उत्पादन विगत ८ वर्षयता नेपाली बजारमा उपलब्ध रहँदै आएको छ । सन् २०२२ देखि रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले कारोबार थालेपछि कम्पनीले विक्रीपछिको सेवालाई गुणस्तरिय बनाउँदै लगेको छ ।

सीएफमोटोले हाल नेपाली बजारमा २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआर र ४५० एमटी गरी कुल ५ वटा मोडल उपलब्ध गराएको छ । यीमध्ये, गत वर्ष लन्च भएको ४५० एमटी, प्रिमियम एड्भेन्चर सेग्मेन्टमा सर्बाधिक लोकप्रिय मोडलका रुपमा स्थापित भएको छ ।

You might also like

Comments are closed.