काठमाडौं । बडादशैं नजिकिँदै गर्दा दराज नेपालले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैँ धमाका ‘बडा दशैं, बडा तयारी’ सुरु गरेको घोषणा गरेको छ । यस वर्षको दशैँ धमाका र दराजको वार्षिकोत्सव सँगसँगै परेको छ ।
यसकारण पनि दराज नेपालले यो बर्षको ९.९ दशैँ धमाका ‘बडा दशैं, बडा तयारी’का माध्यमबाट उपभोक्ताको दशैं किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको छ । भदौ २४ देखि असोज ७ , २०८३ (सेप्टेम्बर ९ – २३, २०२५) सम्म चल्ने यो सेलमार्फत उपभोक्ताले ७५ प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १०,००० सम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन् ।
यस वर्षको दशैँलाई अझ भव्य बनाउने उद्देश्यका साथ दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईविबी, एंकर, यूनिलिभर, होनासा, गायत्री गु्रप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्ड हाउसमार्फत ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । गोल्ड पार्टनरहरू मारिको, डा.शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछन् भने सिल्भर पार्टनरहरू न्यानो, ट्रिकाया र फ्यानटेकले ४० प्रतिशतसम्म छुट उपलब्ध गराइने ब्यवस्था मिलाइएको जानकारी दिइएको छ ।
यसका अतिरिक्त भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिल्एर, अस्टाबेरी र अलेवा लगायत ५० भन्दा बढी अग्रणी ब्रान्डमा ५० प्रतिशत भन्दा बढी छुट उपलब्ध गराइनेछ । यसले उपभोक्तालाई दशैँको तयारीका लागि आवश्यक हरेक सामग्रीदेखि फेशन र जीवनशैली लगायतका उत्पादनसम्म सबथोक एकैपटक एकै स्थानमा सहजै किन्ने अवसर प्रदान गर्ने उद्देश्य दराजले लिएको छ ।
दशैँ धमाका अन्तर्गत दराजले ७ वटा प्रमुख बैंकसँग सहकार्य गरी प्रिपेमेन्ट छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत छुट (रु. १,५०० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट (रु. १,००० सम्म) पाउनेछन् । यस अभियानमा सहभागी बैंकमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्याति बिकास बैंक, महालक्ष्मी बिकास बैंक र गरिमा बिकास बैंक रहेका छन् ।
अभियान अवधिभर उपभोक्तामाझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधा पनि यथावत रहनेछ । न्यूनतम रु. ४९९ को खरिद गर्दा छानिएका उत्पादनमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि ग्राहकले दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर सङ्कलन गर्नुपर्ने हुन्छ । दराजको दशैँ धमाका अभियान केवल छुट र अफरमा मात्र सीमित छैन ।
उपभोक्तालाई सहज भुक्तानी, फास्ट डेलिभरी, विश्वासिलो रिटर्न प्रणालीसहित फरक र अविस्मरणीय किनमेल अनुभव प्रदान गर्न पनि दराज प्रतिबद्ध छ । दशैँ धमाका सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप प्रयोग गर्न दराजले बिशेष अनुरोधपनि गरेको छ ।
दराज ग्रुपका बारेमा :
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा दराजले आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्तालाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।
Comments are closed.