काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थासँग सम्झौता गरेको छ । स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थासँग समन्वय गरी कार्य गर्न विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको हो । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
मनकामना दर्शन प्रालि कुरिनटार चितवनसँग केवलकार टिकट खरिदमा १० प्रतिशत, समाज डेण्टल हस्पिटल प्रा.लि.बानेश्वर काठमाडौंसँग एक्सरे र फार्मेसी बोहकका सेवामा १५ प्रतिशत, मत्सुरी टोकियो प्रा.लि दरबारमार्ग काठमाडौंसँग खाना तथा पेय पदार्थमा १० प्रतिशत मंगलम डाईगोनोस्टीक सेन्टर विरगञ्जमा प्याथोलोजी सेवामा१० प्रतिशत, होटल क्वीक २० रिभर साईड जितपुर सिमरामा खाना, आवास तथा पेय पदार्थ ५ प्रतिशत, नाईस न्यू होम डेकोर नयाँबजार काठमाडौंमा कार्र्पेट तथा फ्लोरिङ्गसका सामाग्री खरिदमा २० प्रतिशतसम्म छुट दिइने भएको छ ।
यस्तै शुभ काठमाडौं टायर सेन्टर ढुंगेधारा काठमाडौंले एम.आर.एफ ब्राण्डका टायरमा १० प्रतिशत सम्म, कुलेखानी भिलेज रिर्सोट कुलेखानी (मकवानपुर) कोठा शुल्कमा १० प्रतिशतसम्म, रिगल हेटौंडा रिर्सोट प्रा.लि. हेटौंडा–५, मकवानपुर खानाले आवास तथा पेय पदार्थमा १५ प्रतिशतसम्म, कविलास रिर्सोट एण्ड फनपार्क भरतपुरमा खाना तथा फनपार्क शुल्कमा १५ प्रतिशत छुट उपलब्ध गराइने सहमती भएको बैंकले जनाएको छ ।
यस सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्डवाहकले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।
यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखि १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
Comments are closed.