एन आई सी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकले बुटबलमा रहेको सो हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले यस हस्पिटलमा भर्ना शुल्क, ओटी शुल्क, प्रयोगशाला शुल्क, औषधि र फार्मेसी जस्ता सेवा लिँदा सो छुट सुविधा उपयोग गर्न सक्ने जनाइएको छ ।

सो सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

You might also like

Comments are closed.