काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले अपिलमार्फत् कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्नु उपयुक्त विकल्प रहेको उल्लेख गरेका छन् ।
देशका विभिन्न भागमा भइरहेको प्रदर्शन र पछिल्ला घटनाप्रति आफू दुखी रहेको उनले बताए । यस्तो अवस्थालाई ध्यानमा राखेर सम्पूर्ण देशबासीलाई संयम रहन अनुरोध समेत गरेका छन् ।
Comments are closed.