काठमाडौं । अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।
विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घ–संस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवम् सहजीकरण गर्न सेनाले अनुरोध गरेको हो ।
विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहेका सबै विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्न सेनाले आज सूचनामार्फत अनुरोध गरेको छ ।
Comments are closed.