काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनले देशभर नराम्रो प्रभाव पारेको छ । प्रदर्शनको क्रममा जीउँधन क्षति हुनुका साथै करोडौँको भौतिक संरचना नष्ट भएका छन् ।
प्रदर्शनको प्रभावले देशभर नै यातायात सेवा प्रत्यक्ष प्रभावित बनेको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै कफ्र्यू लगाइएको छ । अत्यावश्यक सवारी साधनबाहेक सार्वजनिक तथा नीजि सवारी साधन पूर्ण रुपमा ठप्प छन् ।
प्रदर्शनका कारण छोटो तथा लामो दूरीका सबैै गाडी बन्द छन् । नजिकिदै गरेको नेपालीको महान् पर्व बडादशैको संघारमा देशमा भएको प्रदर्शनले ठूलो जनधनको क्षति पुगेको छ ।
चाडपर्वका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली गाउँघर फर्कन सवारी साधन सुचारु नहुँदा अलपत्र अवस्थामा छन् । सवारी साधन नचल्दा संबद्ध यातायात व्यवसायीपनि मारमा परेका छन् ।
देशको वातावरणलाई सहज बनाएर यातायात सुचारु गर्न संबद्ध यातायात व्यवसायीको माग छ । सवारी साधन नचल्दा दैनिक कामकाजका लागि कार्यालय पुग्न कर्मचारीलाई समस्या परेको छ ।
Comments are closed.