नागरिक एपबाट ड्राइभिङ लाइसेन्स हट्यो

काठमाडौं । नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै फिचर गायब भएको छ । पहिले सो एपमा सवारी चालक अनुमति पत्र सम्बन्धी अप्सन रहेकोमा हाल सो अप्सन नै छैन ।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा मिनभवनमा रहेको यातायात व्यवस्था विभाग ध्वस्त भएको छ । सोही क्रममा विभागको भवनमा रहेका केन्द्रीय सर्भर सहितका सबै सामग्री ध्वस्त भएका छन् । यसको असर ड्राइभिङ लाइसेन्समा समेत परेको हो ।

यातायात सम्बन्धी सबै विवरणसहितको केन्द्रीय सर्भर विभागको मीनभवन कार्यालयमै थियो । केन्द्रीय सर्भर नै ध्वस्त भएपछि यातायात कार्यालयहरूमा  ‘EDLVRS System’ चलेको छैन । देशभरका यातायात कार्यालयहरूले सो प्रणाली नचलेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगित गरेका छन् ।

सोही प्रणाली नागरिक एपसँग आबद्ध गरिएको थियो । मुख्य सर्भर नै ध्वस्त भएसँगै नागरिक एपबाट लाइसेन्सको अप्सन हटेको हो ।

You might also like

Comments are closed.