काठमाडौं । काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको पछाडि रहेको इम्बोस्ड नम्बर प्लेट छाप्ने प्लाण्टमा आगलागी हुँदा करिब ६ लाख बढी इम्बोस्ड नम्बर जलेर नष्ट भएका छन् ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगलागी हुँदा इम्बोस्ड नम्बर जलेर ध्वस्त भएको हो । यातायात व्यवस्था विभागका अनुसार डेकाटुर कम्पनीले छापेर प्रदेश मातहतका यातायात कार्यालयहरूमा पठाउन तयारी अवस्थामा राखिएका सबै इम्बोस्ड नम्बर प्लेट जलेका हुन् ।
विभाग स्रोतका अनुसार क्षतिको एकीन विवरण आइनसकेपनि ६ लाख बढी नम्बर प्लेट जलेको अनुमान छ । साउन मसान्तसम्म ८ लाख १९ हजार इम्बोस्ड नम्बर छापिएको थियो । तीमध्ये करिब २ लाख हाराहारी प्रदेश कार्यालयहरूमा पठाइसकिएको थियो ।
बाँकी ६ लाख बढी नम्बर प्लेट पठाउने तयारी भइरहँदा आगलागी भएपछि सबै जलेर नष्ट भएको हो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।
Comments are closed.