काठमाडौं । मुस्ताङ भन्सार खुला गरिएको छ । तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकिएपछि मुस्ताङ भन्सार खोलेर कोरला नाकाबाट व्यापार सुरु गरिएको हो ।
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै कोरला नाकाबाट वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।
चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा आउन सकेको छैन ।
सोमबारदेखि कोरला नाकाबाट निकासी–पैठारी सुरु गरिएको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए ।
Comments are closed.