यसवर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने

काठमाडौं । यसवर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

यातायात व्यवस्था विभागको कार्यालयमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले यात्रुहरू जाने क्रम शुरु भइसकेकाले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न आवश्यक नभएको बताइएको छ ।

जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू विदा हुने र उनीहरूको घर जाने क्रम शुरु भइसकेकाले यसवर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

दशै नजिकिदै गर्दा काठमाडौंबाट विभिन्न ठाउँमा जाने क्रम बढ्दो छ ।

You might also like

Comments are closed.