मुक्तिनाथ फाउन्डेसनको चौथो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका व्यक्ति र समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापना भएको मुक्तिनाथ फाउन्डेसनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

२०७८ असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्दै सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसअघि संस्थाले बागमती सरसफाई, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका लगायत विभिन्न स्थानमा वृक्षारोपण, बृद्धवृद्धालाई सम्मान तथा खाद्य सामाग्री वितरणजस्ता कार्यक्रमहरू सञ्चालन गरिसकेको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन भएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग प्रदान गरेको थियो । यस कार्यक्रमको आयोजना मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. र विन्द्यवासिनी म्यूजिक प्रा. लि. को सहभागिता र समन्वयमा सम्पन्न भएको थियो ।

मुक्तिनाथ फाउन्डेसनले आगामी दिनमा पनि लक्षित वर्ग र समुदायलाई सशक्त बनाउन सामाजिक क्षेत्रमा सक्रिय योगदान जारी राख्ने बताएको छ ।

You might also like

Comments are closed.