आन्दोलनमा जलेका सवारी साधन व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जलेका गाडी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा आगजनी, तोडफोड भएका गाडी अन्यत्र लगेर व्यवस्थापन गर्न मन्त्री घिसिङले निर्देशन दिएका छन् ।

जलेका गाडीले सिंहदबार परिसर कुरुप देखिएकाले त्यहाँबाट हटाएर अन्यत्र व्यवस्थापन गर्न उनको निर्देशन रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच शहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम शुरू गरिसकेको जनाएको छ ।

You might also like

Comments are closed.