सवारी चालक अनुमतिपत्रको आवेदन दशैँपछि खुलाइने

काठमाडौं । जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभाग कार्यालयमा भएको तोडफोड, आगजनी, चारीका कारण नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन स्थगित भएको छ ।

दशैँपछि मात्र सवारी चालक अनुमतित्रको नयाँ आवेदन खुल्ने जनाइएको छ । आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भरमा क्षति पुगेको छ ।

कार्यालयमा क्षति पुगेपछि लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता (ईडीएलभीआरएस) सम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ । अब क्षति भएको सर्भर मर्मत गरी लाइसेन्स सम्बन्धी सेवा दशैँपछि मात्रै सञ्चालन गरिने भएको छ ।

You might also like

Comments are closed.