होन्डाको फेस्टिभ अफर सुरू, १ लाखसम्म नगद जित्ने अवसर

काठमाडौं । नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको फेस्टिभ अफर सुरू गरेको छ ।

दशैँ तिहार जस्ता चाडपर्व लक्षित गर्दै ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएको हो । होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद रकम जित्ने अवसर पाउनेछन् ।

साथै, ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कुपन, १२ हजार ५०० बराबरको ५ वर्षसम्मको होन्डा फ्री एएमसी अफर, ६ वटा फ्री सर्भिसिङ, प्रो होन्डा इन्जिन आयल फ्री जस्ता थप तीन आकर्षक अफर पाउने छन् । यसमा भने ग्राहकले तीनमध्ये एउटा मात्रै अफर छान्न पाउनेछन् ।

ग्राहकले ल्याएका जुनसुकै पुराना ब्राण्डका मोटरसाइकल वा स्कुटर होन्डाका जुनसुकै मोडलसँग एक्सचेन्ज गर्न सकिनेछ । कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरहरू किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ ।

ईएमआइमा मोटरसाइकल खरिद गर्दा सेलेक्टेड मोडलमा १ प्रतिशत मात्रै ब्याजदर लाग्ने कम्पनीले जनाएको छ । यो अफर अहिले होन्डाका देशभरका शोरुममा चलिरहेको छ ।

You might also like

Comments are closed.