ग्यारो ईभीले ल्यायो दशैँ अफर, स्कुटर खरिदमा १५ हजार नगद छुट

काठमाडौं । दशैँ पर्वलाई लक्षित गर्दै ग्यारो ईभीले अफर ल्याएको छ । नेपालमा ग्यारो ईभीका स्कुटर बिक्री गर्दै आएको क्लासिक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले दशैँ विशेष अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकले ग्यारोको हरेक स्कुटर खरिदमा १५ हजार रुपैयाँ नगद छुट पाउनेछन् । कुनै पनि स्कुटर वा मोटरसाइकल एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ थप मूल्याङ्कन, स्कुटर किन्नेले हेल्मेट सित्तैमा पाउनेछन् । साथै सरल फाइनान्स सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

ग्यारोको इलेक्ट्रीक स्कुटरमा ३००० वाटको इलेक्ट्रीक मोटर छ भने ८५ वाट आवरको लिथियम आयन ब्याट्री छ । यस स्कुटरले एकपटकको फुलचार्जमा २५० किमी रेन्ज दिने कम्पनीको दाबी छ । यो अफर ग्यारोका देशभरका सबै शोरुमहरूमा सीमित अवधिसम्म मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.