काठमाडौं । हिरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले हिरो जुम १२५ स्कुटरको डेलिभरी सुरू गरेको छ । गत
नाडा अटो शो २०२५ मा सार्वजनिक भएको हिरो जुम १२५ स्कुटर बुकिङ गरेकालाई उपलब्ध गराउन थालेको हो । कम्पनीले जुम १२५ स्पोर्टी स्कुटरको मूल्य ३ लाख ९ हजार ९०० रुपैया तोकेर बिक्री सुरू गरेको छ ।
हिरो जुम १२५ मा १२४.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कूल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले अधिकतम ९.८ ब्रेकहर्स पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटरले ० देखि ६० किमीको स्पीड मात्र ७.६ सेकेण्डमा भेट्छ ।
हिरो जुम १२५ मा सबै एलईडी लाइटको प्रयोग गरिएको छ भने सेग्मेन्टमै पहिलो १४ इन्चको अलोय ह्वीलको प्रयोग गरिएको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेकको प्रयोग गरिएको छ ।
कम्पनीले यसमा स्मार्ट कनेक्ट फिचरका साथै डिजिटल स्पीडोमिटर दिएको छ । यसको अगाडी टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन दिएको छ ।
Comments are closed.