दशैँलाई हिमाली क्षेत्रबाट भेडाच्याङ्ग्रा बजार झार्न थालियो

काठमाडौं । हिमाली क्षेत्रबाट भेडाच्याङग्रा बजार झार्न सुरु भएको छ । दशैँका लागि बिक्री गर्न हिमाली भेगमा पालिएका भेडाच्याङग्रा बजार झार्न थालिएको हो ।

हिमाली भेगका किसानले दशैँका लागि भेडाच्याङग्रा पालन गरी बजारमा बिक्री गरेर मनग्य आम्दानी गरिरहेका हुन्छन् ।

हिमाली भेगका भेडाच्याङग्रा अहिले देशका विभिन्न बजारमा पुग्न थालेका छन् । व्यापारीले किसानसँग खरिद गरेर विभिन्न बजारमा लैजाने कार्य भइरहेको छ ।

You might also like

Comments are closed.