काठमाडौं । ‘दशैको उत्सव, सुजुकीसँगै मिलन र प्रगतिको सुनौलो यात्रा’ भन्ने नारासहित बिशेष अफर ल्याइएको छ ।
सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले यस वर्षको दशै र तिहार पर्वलाई लक्षित गर्दै मोटरसाइकल र स्कुटर किन्दा आकर्षक अफर ल्याएको सार्वजनिक गरेको छ ।
ग्राहकले ५० हजार रुपैयाँ सम्मको क्यास डिस्काउन्ट र विशेष एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । सुजुकी एभेनिस स्कुटरमा १० हजार सम्मको एक्सचेन्ज बोनस, जिक्सर मोटरसाइकलमा ७ हजार सम्मको एक्सचेन्ज बोनस पाइने अफर रहेको छ ।
सुजुकी मोटरसाइकल र स्कुटर किन्न चाहने ग्राहकका लागि शून्य प्रतिशत सर्भिस चार्जसहित इजी फाइनान्स सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ । यसबाहेक टेस्ट राइडमा चासो राख्ने ग्राहकले नजिकैको सुजुकी शोरुममा गएर सजिलै टेस्ट राइड लिन सक्नेछन् ।
भीजी अटोमोबाइल्सका अनुसार सो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।
Comments are closed.