काठमाडौं । महालक्ष्मी विकास बैंकले क्षतिग्रस्त प्रहरी वृत दरबारमार्ग काठमाडौंको भवन पुर्नःनिर्माण तथा मर्मत गर्न आर्थिक सहयोग गरेको छ ।
जेनजी आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडले क्षतिग्रस्त भवन पुर्नःनिर्माण तथा मर्मत गर्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
न्यूनतम प्रशासनिक कार्य गर्न कठिनाइ भएकाले तत्कालको लागि कार्यालय भवन मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस सहयोगले कार्यालय भवन मर्मतमा ठूलो ईट्टा थप्ने बैंकले विश्वास लिएको छ ।
बैंकको सम्पुर्ण सेवाहरु पुर्ण रुपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैकिङ सेवा सुरक्षित रुपमा सञ्चालन भइरहेको छ ।
नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको लेकसाईड शाखा बाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।
Comments are closed.