काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरू भएको छ । शुक्रबार नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले एक्सचेन्ज कार्निभल सुरू गरेको हो ।
मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल वा स्कुटरसँग बजाजका मोटरसाइकल साट्न सकिनेछ । ग्राकहलाई उत्कृष्ट मूल्याङ्कन दिन २२ भन्दा धेरै भ्यालुयटर्स राखेको छ । जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरको एक्सचेन्जमा उत्कृष्ट भ्यालुयसनका साथ १० हजार रुपैयाँ बोनसका रुपमा थप मूल्याङ्कन पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, ग्राहकले ल्याएका पुराना मोटरसाइकल वा स्कुटरमा धेरै वर्षदेखि कर तिर्न बाँकी रहेको छ भने सो कर र जरिवाना समेत कम्पनीले नै व्यहोर्ने बताएको छ । कम्पनीले हरेक दिन मोटरसाइकल खरिद गरेका एक जना ग्राहकलाई लक्की ड्र मार्फत छानेर ५० हजार नगद रुपैयाँ प्रदान गर्नेछ ।
Comments are closed.