बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षाले गत बुधबार बिहानदेखि एकतर्फी भएको दाउन्ने खण्ड आज दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नु परेको छ । लगातारको वर्षाले दाउन्नेको पैसठ्ठी मोड नजिकै माथिबाट पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले बताए ।

अबरुद्ध सडक मर्मत गरी खुलाउने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले सडक अबरुद्ध हुँदा बीच बाटोमै अलपत्र बनेका छन् ।

You might also like

Comments are closed.