गोरखनाथ माविमा अक्षयकोष स्थापना

होम राई/पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर–६,अर्चले बस्ने कृष्णाकुमारी रानाले आफ्ना स्वर्गीय श्रीमान भुमबहादुर रानाको सम्झनामा अक्षयकोष स्थापना गरेकीछिन् ।

उनले श्रीमानको स्मृतिमा गोरखनाथ माध्यमिक विद्यालयमा स्मृति अक्षयकोष स्थापना गरेकी हुन् । विद्यालयमा ८९ हजार ५५५ बराबरको रकम गरीब तथा जेहन्दार विद्यार्थीका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता राना बताउँछिन् ।

स्वर्गीय रानाका जेष्ठ सुपुत्र यामबहादुर रानाले एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर सुनारीलाई हस्तान्तरण गरेका हुन् । स्वर्गीय राना तत्कालीन समयमा अर्चले गाउँ विकास समितिमा निर्विरोध अध्यक्ष तथा सोही विद्यालयमा ३ कार्यकालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर जिम्मेवारी बहन गरेका थिए । लामो समय देखि पक्षघातका कारण बिरामी भएका स्वर्गीय रानाको ७५ वर्षको उमेरमा यही साउन १५ गते निधन भएको थियो

अक्षयकोष हस्तान्तरण गर्दै छोरा रानाले अक्षयकोष स्थापनाको उद्देश्य, महत्त्वलाई बुझेर सही प्रयोग गर्न अनुरोध गरेका छन् । कार्यक्रमको सञ्चालन निमिक्त प्रधानाध्यापक राजुप्रसाद भण्डारीले गरेका हुन् ।

You might also like

Comments are closed.