बिहीबारदेखि नेपाल वायु सेवा निगमले चीनको ग्वाञ्जाओमा सिधा उडान भर्दै

काठमाडौं । आउँदो असोज ९ गतेदेखि नेपाल वायु सेवा निगमले चीनको ग्वाञ्जाओमा पहिलो पटक सिधा उडान भर्ने भएको छ । ग्वाञ्जाओ उडानका लागि निगमले अनुमति पाइसकेको छ ।

उडानका लागि सबै प्राविधिक तयारी पूरा गरिसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपछि हरेक आइतवार, मंगलवार र शनिवार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ ।

You might also like

Comments are closed.