काठमाडौं । वर्षाका कारण देशका विभिन्न ठाउँ ठाउँमा सडक अबरुद्ध हुँदा यात्रु मारमा परेका छन् । आफ्नो गन्तव्यमा पुग्न नपाउँदा बीच बाटोमै यात्रु अलपत्र अवस्थामा छन् ।
ठाउँ ठाउँका सडक भत्कने, सडकमाथिबाट सुख्खा पहिरो खसेर लामो समय समय हुँदा पनि सडक नखुलेपछि यात्रुको बिचल्ली छ ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुईनखोलामा शुक्रवारदेखि पहिरोका कारण सो सडक पूर्णरूपमा बन्द छ ।
वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत पर्ने सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ बरुण मा जेठ ६ गतेदेखि अवरुद्ध सडक अझै खुलेको छैन भने र सङ्खुवासभाकै मकालु गाउँपालिका–३ एकुवामा गएको भदौ १५ गतेदेखि सडक पूर्णरूपमा अवरुद्ध छ ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ दोलालघाटमा भदौ ९ गतेको पहिराले अरनिको राजमार्ग अन्तर्गत दोलालघाट खण्ड पूर्णरूपमा अवरुद्ध छ ।
अस्तिदेखि नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका २ को विश्वकर्मा मन्दिर क्षेत्र र पैसठ्ठी मोड नजिक लगातारको वर्षा र पहिरोले पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा छ । यस्तै देशका विभिन्न भुभागका लामो तथा छोटो दुरीका सडक नखुल्दा यात्रुले निकै सास्ती खेप्नु परिरहेको छ ।
Comments are closed.