मर्चेन्ट बैंकिङ एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मर्चेन्ट बैंकिङ एसोशिएसन नेपालको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरामा आयोजना गर्ने भनिएपनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।

यहीँ असोज २ गते काठमाडौंको Aloft होटलमा सफलतापूर्वक सम्पन्न भएको सभामा मर्चेन्ट बैंकिङ एसोशिएसन नेपालका सबै मर्चेन्ट बैंकिङ संस्थाका प्रतिनिधि र सदस्य सहभागी थिए । सभाले आर्थिक वर्ष २०८१/८२ को मर्चेन्ट बैंकिङ एसोशिएसन नेपालका गतिविधि र उपलब्धिको समीक्षा गर्नुका साथै आ.व.०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ ।

मर्चेन्ट बैंकिङ एसोशिएसन नेपालले नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौती र भविष्यका रणनीतिक योजनाबारे छलफल भएको छ ।

सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ । साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयमा पनि छलफल गरिएको छ ।

You might also like

Comments are closed.