इसेवाको चाडपर्व लक्षित बीमा योजना ‘फेस्टिभ केयर’ सार्वजनिक

काठमाडौं । इसेवाले हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा चाडपर्वलाई लक्षित गर्दै नयाँ बीमा योजना ‘फेस्टिभ केयर’ सार्वजनिक गरेको छ ।

नेपालीको महान् चाडपर्व दशैँलाई लक्षित गरी ल्याइएको यो विशेष बीमा सुविधा असोज ६ गतेदेखि २० गतेसम्म उपलब्ध हुनेछ । यो बीमा प्याकेज विशेष गरी चाडपर्वका बेला आकस्मिक जोखिम वा अस्पताल भर्ना हुने जस्ता अप्रत्याशित परिस्थितिबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले ल्याइएको हो ।

‘फेस्टिभ केयर’ मात्र रु. २० मा उपलब्ध हुनेछ । जसअन्तर्गत ग्राहकले १५ दिनसम्मको अवधिका लागि रु. २ लाख ३० हजारसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् ।

साथै, ग्राहकले विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थामा ३५ प्रतिशतसम्म छुट पनि पाउनेछन्, जसले चाडपर्वको बेला मात्र नभई दैनिक जीवनमा पनि उपयोगी हुनेछ । इसेवाले आफ्ना प्रयोगकर्ताको सुरक्षा र हेरचाहलाई सधैं पहिलो प्राथमिकतामा राख्दै आएको छ ।

चाडपर्वमा हुने यात्राको चाप र आकस्मिक जोखिमलाई ध्यानमा राखी ल्याइएको ‘फेस्टिभ केयर’ बीमा योजनाले ग्राहकलाई सहज, सुरक्षित र निश्चिन्ततासहित पर्व मनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.